जापान

आजदेखि जापानको नेपाली रेस्टुरेन्टमा मास्क निशुल्क वितरण

कुमारबज्र, टोकियो । कोरोना भाइरसका कारण जापानमा फेस मास्कको अभाव भैरहेको अवस्थामा योमरी ग्रुप अफ कम्पनी जापान अन्तर्गतका नेपाली रेस्टुरेन्ट मण्डला शिबुया र एशिएन दाईनिंग बालि गार्डेन टोक्यो ,कान्दाबाट रेस्टुरेन्टमा आउने ग्राहकहरुलाई मार्च १० तारेख मंगलवारदेखि निशुल्क मास्क वितरण गर्ने भएको छ ।

उक्त कम्पनीले मंगलवारदेखि निशुल्क मास्क वितरण गर्ने कुरा उक्त कम्पनीका प्रबन्ध निर्देशक सुनिल कुमार शाक्यले जानकारी दिनुभयो ।

कोरोना भाइरसले गर्दा जापानमा हाल मास्कको अत्यन्त अभाब भएको र जापान कर्मभूमी भएको हुनाले जापानी र जापानप्रती कृतज्ञता जनाउन र नेपालीहरु पनि दुखमा साथ दिन्छन् भन्ने सन्देश छर्नका लागि पनि आफूहरुले यस्तो कार्यक्रमको आयोजना गर्न लागेको कुरा शाक्यले बताउनुभयो ।

शाक्यका अनुसार रेष्टुरेन्टका साथै बाटोमा हिड्ने बटुवाहरुलाई पनि निशुल्क मास्क वितरणको तयारी भैरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.