प्रदेशमधेश

मुख्यमन्त्री राउत महामूर्खको सम्मानबाट विभूषित

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई यस वर्षको महामूर्खको सम्मानबाट विभूषित गरिएको छ । होलीका अवसरमा मिथिला नाट्य कला परिषद्ले विगत २५ वर्षदेखि सो उपाधि प्रदान गर्दै आएको छ ।

यस्तै प्रदेशसभा सदस्य मनिष सुमनलाई पटमूर्ख, परमेश्वर साहलाई भभकौआ, रामआशीष यादवलाई हराशङ्ख, रामचन्द्र मण्डललाई सिलौट शङ्कर, जनकपुरधाम उपमहानगर उपप्रमुख रिताकुमारी मिश्रलाई टुनमुसरी, साहित्यकार रोशन जनकपुरीलाई दलभोगना, बृहत्तर जनकपुर विकास क्षेत्रका कार्यकारी निर्देशक बलराम ठाकुरलाई खेसारीलालको उपाधिबाट सम्मानित गरिएको छ ।

अभियन्ता सुशील कर्णलाई वंशकुल्लरी, नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष अनिल मिश्रलाई लोढाशङ्कर, मैथिली अभियानी जीवनाथ चौधरीलाई घरघुसना, कवियत्री पुनम झा मैथिललाई अगलबदली, शिक्षक बलराम साहलाई बज्रकीटको उपाधि प्रदान गरिएको छ ।

सो अवसरमा मुख्यमन्त्री राउतले मिथिला संस्कृति उदाहरणीय एवं अनुकरणीय रहेको प्रसङ्ग उल्लेख गनुृभयो । मिथिला नाट्य कला परिषद्का कलाकारले इमान्दारीपूर्वक जीवनका विविध पक्षलाई प्रस्तुत गरी उत्प्रेरणाको बाटो देखाएको चर्चासमेत उहाँले गर्नुृभयो ।

यसअघि सो सम्मानबाट विभूषित हुनेमा कवि नरेश ठाकुर, राजनीतिकर्मी शीतल झा, जनकपुर नगर प्रमुख हरिबहादुर बिसी, राजनीतिकर्मी ओमकुमार झा, साहित्यकार डा राजेन्द्रप्रसाद विमल, राजनीतिकर्मी रामचन्द्र झा, विश्लेषक सीके लाल, साहित्यकार रामभरोस कापिड भ्रमर, राजनीतिकर्मी रामसरोज यादव, चिकित्सक डा विजयकुमार सिंह, राजनीतिर्मी रात्रुधन महतो, साहित्यकार एवं राजनीतिकर्मी वृषेशचन्द्र लाल र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह रहनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.