विश्व समाचार

पूरै इटालीमा कोरोना संक्रमण : यात्रामा प्रतिबन्ध छ करोड मानिस प्रभावित

चीनपछि सबैभन्दा बढी कोरोना भाइरस संक्रमण बढेको इटालीमा देशभर आवतजावतमा प्रतिबन्ध लगाउनुका साथै सार्वजनिक जमघट गर्न रोक लगाइएको छ । सोमबारसम्म कोरोनाभाइरसको संक्रमणबाट इटालीमा ज्यान गुमाउनेको संख्या ३६६ बाट ४६३ पुगेको छ ।

इटालीमा संक्रमितको संख्या २४ प्रतिशतले बढेको छ भने मृत्युदर पनि बढिरहेको छ । ६ करोड जनसंख्या रहेको इटालीका सबै २० क्षेत्रमा कोरोनाभाइरसको संक्रमण भेटिएपछि सोमबार प्रधानमन्त्री गुसेप कोन्टेले जनतालाई घरभित्रै बस्न र अत्यावश्यक यात्राका लागिमात्र अनुमति लिन आदेश दिनुभएको हो ।

उहाँले सबैभन्दा कमजोरहरूलाई जोगाउनका लागि पछिल्लो उपाय अपनाउनुपरेको बताउँदै अब धेरै समय नरहेकाले सबै मानिसहरू घरभित्र बस्नु नै उत्तम हुने जानकारी दिनुभयो ।

यात्रा र जमघटमा प्रतिबन्ध लगाए पछि सरकारले रोक्न नमिल्ने काम र अत्यावश्यक पारिवारिक कारणका लागि मात्र यात्राको अनुमति दिने बताएको छ । यसैगरी उसले हवाइयात्रा गर्नेहरूले यात्रा गर्नैपर्ने कारण प्रमाणित गर्नुपर्ने जनाएको छ । यो नियम इटाली आउनेको हकमा पनि लागु हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.