पछिल्लो एक महिनामा नेपाली क्रिकेट टोलीको प्रदर्शनलाई लिएर विश्व क्रिकेत जगत चकित परेको छ । नेपालले ११ खेल खेल्दा १० मा विजयी भएको छ ।
१० विजयसंगै नेपालका खेलाडीहरुको विश्व चर्चा पनि चुलिएको छ । नेपालका पूर्व कप्तान सन्दीप लामिछाने सबभन्दा छिटो १०० विकेट लिने विश्वको पहिलो खेलाडी बन्न २ विकेट मात्र टाढा छन् ।
त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेट किपर एवं ब्याटसम्यान आशिफ शेख सन् २०२३ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सुचीमा दोस्रो स्थानमा उक्लिएका छन ।
आशिफले ११ खेलमा ४ सय १० रन बनाएका छन् । सन् २०२३ मा एक दिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने भारतका सुबमन जिल रहेका छन् । उनले ६ खेलमा ५६७ रन जोडेका छन् ।
त्यस्तै तेस्रो स्थानमा इङल्याण्डका जोस बटलर रहेका छन उनले ६ खेलमा ३७२ रन जोडेका छन् भने चौथो स्थानमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल रहेका छन ।





प्रतिक्रिया राख्नुहोस्