विश्व समाचार

कोरोनाका कारण छ हजार छ सय बढीको मृत्यु भारतमा बढ्यो मृत्युदर

विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रम १५२ भन्दा बढी देशमा पुगेका छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको सोमबारसम्मको विवरणअनुसार संसारभरी एक लाख ६७ हजार ५११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यो सङ्ख्या अघिल्लो दिनको तुलना १३ हजार ९०३ बढी भएको अधिकारीले जानकारी दिएका छन् । त्यसैगरी मृत्यु हुनेको सङ्ख्या पनि अघिल्लो दिन भन्दा ८६२ ले बढेको विश्वव्यापी विवरणमा उल्लेख गरिएको छ । योसँगै विश्वभरी कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या छ हजार ६०६ पुगेको छ ।

कूल मृत्यु भएको र सङ्क्रमितको तथ्याङ्क हेर्दा चीनपछि कोरोनाको केन्द्र युरोप क्षेत्र भएको छ । यूरोपेली देशमध्ये सबैभन्दा बढी इटली, स्पेन, फ्रान्स, जर्मनी, स्विजरल्याण्डलगायका देश प्रभावित भएका छन् ।

यसैबीच भारतमा थप एक जनाको मृत्यु भएको छ । पछिल्लो पटक महाराष्ट्रमा ६४ वर्षीय व्यक्तिको मृत्यु भएको हो । यससँगै कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या तीन पुगेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ । यसअघि भारतको कर्नाटकमा ७६ वर्षीय पुरुष र नयाँदिल्लीमा ६९ वर्षीया महिलाको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.