एन आर एन न्युजजापान

पत्रकार पौडेलको उपचारका लागि एनआरएनए जापान कान्साईको आर्थिक सहयोग

ब्लड क्यान्सरबाट पीडित पत्रकार कमल पौडेलको उपचारका लागि गैरआवासीय नेपाली संघ (एनआरएन) जापान, कान्साइ क्षेत्रीय समितिले संकलन गरेको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । समितिले संकलन गरेको एक लाख ४२ हजार रुपैयाँ दीपश्री क्रिएटिभ मिडिया मार्फत पौडेलकी पत्नी अम्बिका पौडेललाई हस्तान्तरण गरेको हो ।



संचारकर्मी पुरुषोत्तम लामिछानेको अनुरोधमा एनआ एन कान्साइले संकलन गरेको रकम एनआरएन कान्साइका कोषाध्यक्ष बिष्णु सापकोटाको सहयोगमा नेपाल पठाइएको थियो । सो रकम दीपश्री क्रिएटिभ मिडियाका निर्देशक दीपक लामिछानेले पत्रकार पौडेलको उपचार भैरहेको सिभिल अस्पताल काठमाडौंमा पुगेर हस्तान्तरण गर्नु भएको हो ।

आर्थिक सहयोग पापछि पत्रकार पौडेलले दुखको क्षणमा आफूलाई सहयोग गरी माया देखाएकोमा एनआरएन कान्साइ तथा जापानवासी नेपालीहरुमा हार्दिक आभार व्यक्त गर्नुभएको छ ।

एनआरएन कान्साइका सन्योजक कृष्ण गैरेले लामो समयदेखि नेपाली पत्रकारिताको क्षेत्रमा योगदान पुर्याउनु भएका पत्रकार पौडेल अस्वस्थ हुनु भएको समाचारले आफूहरु चिन्तित भएको भन्दै शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ । त्यस्तै एनआरएन जापानका सल्लाहाकार नरेन्द्र बस्नेतले पत्रकार कमल पौडेललाई उपचार पछी छिट्टै सन्चार माध्यममा देखिने विश्वाश ब्यक्त गर्नु भएको छ ।

पत्रकार पौडेलको उपचारार्थ हरिराज ढकाल, डा.लक्ष्मीकुमार पराजुली र महेश कटुवालले जनही १० हजार येन, कैलाश ठाकुरले ५ हजार १ सय येन, कृष्ण गैरे, तुलसीराम खरेल, आत्माराम गैरे, दीपाकुमारी कंडेल, एकराज कटवाल, र विकास वस्नेत जनही ५ हजार येन, नरेन्द्र वस्नेतले ३ हजार १ सय येन, दिलिप शर्मा, दिलिप कंडेल, यामवहादुर विक, सुमित खत्री, गौरी गैरे, अनिल पौडेल, यादुमणी सापकोटा, अनुप पौडेल, नरवहादुर जुगाली, रामकृष्ण श्रेष्ठ, जीवन गुरुड र विश्व सुवेदी जनही ३ हजार, सुरेश सापकोटा, विष्णु सापकोटा, विक्रम सापकोटा, कमल जीसी, डेनिस पुन, हरी कंडेल, नवीन निउरे, दीपक भण्डारी, जगत थापा, उमेश भट्ट, कृष्ण सुवेदी, भूमप्रसाद गैरे, र तिलक केसी जनही २ हजार येन र चुडामणी कडेलले १ हजार येन सहयोग गर्नुभएको संचारकर्मी लामिछानेले जानकारी दिनुभयो ।

सम्बन्धित खबर

Back to top button