राजनीति

घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) को महासचिव

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले सचिवालय सदस्य घनश्याम भुसाललाई पार्टीको महासचिव बनाउने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । बैठकले हाल कायम रहनुभएको महासचिव डा बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने निर्णय गरेको छ ।

नेकपा (एमाले)मा उपमहासचिवको जिम्मेवारी पूरा गर्नुभएका भुसाल वाम आन्दोलनमा बौद्धिक नेताका रुपमा परिचित हुनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.