जन सरोकार

नर्भिक अस्पतालमा कोरोना संक्रमित भेटिएको भन्दै अडियो पोष्ट गर्ने पक्राउ

शनिबार विहानै सामाजिक सञ्जालमा काठमाडौंको नर्भिक अस्पतालमा कोरोना संक्रमित भेटिएको भन्दै अडियो सार्वजनिक गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । आम जनतामा भ्रमपूर्ण समाचार सार्वजनिक गरी त्रास फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेको हो ।

पक्राउ

रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवक थापा मगरले नेपालमा कोरोना संक्रमण बढेको मात्र हैन एकजनाको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै अडियो सन्देश पोष्ट गरेका थिए ।

यसैबीच नर्भिक अस्पतालले एक विज्ञप्ति जारी गरी सो समाचार निराधार रहेको जनाएको छ । अस्पताले विश्व नै संकटमा परिरहेका बेला यस्ता अफवाह फैलाउनु पूर्णतः सामाजिक अपराध भएको बताएको छ ।

नर्भिकमा ६ जना कोरोना बिरामी भेटियो भन्दै अडियो सन्देश पठाउनेको खोजी

सम्बन्धित खबर

Back to top button