राजनीति

भातृ संगठनमा समानान्तर समिति गठनको चेतावनी

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार नेपाल विद्यार्थी संघ र तरुण दलका अध्यक्ष नियुक्त गरेपछि नेता डा. शेखर कोइरालाले समानान्तर समिति गठन गर्ने चेतावनी दिनुभएको ।

पार्टी सभापति शेरबहादुर देउवाले परामर्श नगरी नेविसंघ र तरुण दलको अध्यक्ष चयन गरेपछि शेखर पक्षले आफू पक्षका नेताहरुको भेला बोलाउनुभएको छ ।

शेखर निकट नेता गुरुराज घिमिरेले नेविसंघ र तरुण दलको तीन दिनभित्र संयुक्त रुपमा राष्ट्रिय भेला गर्ने बताउँदै यो भेला मुख्यतः शेखर पक्षकै भएको र अरु जोडिन आए भने ढोका खुला भएको जानकारी दिनुभयो ।

कार्यसम्पादन समितिले भ्रातृ संस्थाको नेतृत्व सभापतिले आपसी परामर्शमा चयन गर्ने निर्णय भए पनि देउवाले त्यसलाई लत्याएको शेखर पक्षको आरोप छ ।

नेविसंघ र तरुण दलमा अध्यक्ष नियुक्त गरिएपछि नेता कोइरालाले नेविसंघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संगठनका केही पूर्व नेतासहित सीमित केन्द्रीय सदस्यहरुलाई छलफलका लागि बोलाउनुभएको थियो ।

सभापति देउवाले बुधबार नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई चयन नियुक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.