क्रिकेटखेल

आइपिएलमा चेन्नईको लगातार दोस्रो जित, गुजरात ६३ रनले पराजित   

भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल) मा चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार राति भएको खेलमा गुजरात टाईटन्सलाई ६३ रनले पराजित गर्दै चेन्नईले प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।

आइपिएल

जारी प्रतियोगितामा गुजरातको भने यो पहिलो हार हो । चेन्नईको घरेलु मैदान एम ए चितम्बरम क्रिकेट स्टेडियममा भएकाे खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो । चेन्नईका लागि शिभम दुवेले २३ बलमा २ चौका र ५ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय पारी खेले भने ओपनरद्वय रचिन रविन्द्र र कप्तान ऋतुराज गायकवाडले समान ४६-४६ रन बनाए ।

त्यस्तै ड्यारीयल मिचेल २४ रनमा नटआउट रहँदा अजिंक्य रहाणेले १२ र रविन्द्र जडेजा ७ रनमा अविजित रहे । गुजरातका लागि राशिद खानले २ तथा मोहित शर्मा, स्पेन्सर जोनसन र साई किशोरले समान १-१ विकेट लिए । चेन्नईले दिएको २०७ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

गुजरातका लागि साई सुदर्शनले ३१ बलमा ३ चौकाको सहयोगमा सर्वाधिक ३७ रन बनाए भने रिद्धिमान शाह र डेबिड मिलरले समान २१-२१ रन जोड्दा विजय शंकरले १२ र अजमतुल्लाह उमरजाईले ११ रन बनाए । चेन्नईका लागि मुस्ताफिजुर रहमान, दिपक चहर र तुसारदेश पान्डेले समान २-२ तथा ड्यारियल मिचेल, मथिशा पथिरानाले समान १/१ विकेट लिए।

योसँगै लगातार दुई खेलमा जित निकालेको चेन्नई ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ भने दुई खेलमा एक जित र एक हार सहित २ अंक जोडेको गुजरात छैटौं स्थानमा झरेको छ । जारी प्रतियोगिता अन्तर्गत आज सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्स हैदराबादमा साँझ ७:४५ मा प्रतिस्पर्धा गर्दै छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.