जापान

अमेरिकाबाट जापान आउने हरेकले १४ दिन स्वयं क्वारेन्टाइनमा बस्नुपर्ने

विश्वमा सबैभन्दा बढी कोरोना भाइरस संक्रमित रहेको अमेरिकाबाट जापान आउने हरेक यात्रुले १४ दिने स्वयं क्वारेन्टाइना बस्नुपर्ने भएको छ । क्वारेन्टाइनमा बसेकाहरुको नियमित स्वास्थ्य परीक्षण गरिने सरकारको योजना छ ।

यसअघि जापानले चीन, दक्षिण कोरिया ततथा युरोप लगायत ४० देशबाट आउने यात्रुका लागि पनि स्वयं क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ । यी देशबाट आउने यात्रुहरुले आफ्नो घर, होटल तथा अन्य स्थामा दुई हप्तासम्म क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । सरकारले यो नियम गैरजापानीलाई मात्र नभएर ती मुलुकबाट आउने जापानीलाई पनि लागू गरेको छ ।

विदेशबाट जल तथा हवाई मार्गबाट आउने यात्रुहरु संक्रमित नभए पनि उनीहरुलाई उनको आफ्नो स्थानसम्म जान सार्वजनिक बस, ट्याक्सी तथा रेल प्रयोग नगरी निजी तथा भाडा सवारीसाधन उपयोग गर्न पनि आग्रह गरिएको छ ।

सरकारले यो कदम अप्रिलको अन्तिमसम्म लागू रहने बताएको छ । सरकारी अधिकारीहरुले परिस्थितिलाई हेरेर यो अवधि अरु बढाउन पनि सकिनेछ । त्यस्तै जापानले आफ्ना नागरिकहरुलाई पनि विदेश भ्रमणमा नजान सावधान गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.