स्थानीयतह निर्वाचन

काठमाडौंमा ४६ दल चुनावी मैदानमा

मुलुकको संघीय राजधानी काठमाडौंमा आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ४६ दल चुनावी मैदानमा उत्रिने भएका छन् । निर्वाचनका लागि राष्ट्रिय दलबाहेक ७३ वटा दल निर्वाचन आयोगमा दर्ता भएको जनाएको छ ।

सोमबार निर्वाचन आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलन प्रवक्ता शालिग्राम शर्मा पौडेलले काठमाडौंमा राष्ट्रिय दल बाहेक ४० सहित काठमाडौंमा ४६ दलले निर्वाचनमा भाग लिने भएका हुन् ।

यसैगरी, सबैभन्दा कम दल मनाङ र मुस्ताङमा रहेका छन् । मनाङ र मुस्ताङमा राष्ट्रिय दलबाहेक पाँचरपाँच दल स्थानीय निर्वाचनका लागि दर्ता भएका छन् ।

यसै गरी ताप्लेजुङमा नौ, पाँचथरमा आठ, इलाममा ११, सङ्खुवासभामा ११ तेह्रथुममा नौ, धनकुटा १२, भोजपुर १० खोटाङ १३, सोलुखुम्बु १३, ओखलढुङ्गा १३, उदयपुर २२, झापा ३०, मोरङ ३३, सुनसरी ३२, सप्तरी २८, सिरहा २६, धनुषा २६, महोत्तर २०, सर्लाही २९, रौतहट ३०, बारा २९ र पर्सा २७ दलले निर्वाचनमा भाग लिने जानकारी प्रवक्ता शर्माले दिनुभयो ।

यसैगरी, दोलखा १६, रामेछाप १८, सिन्धुली २०, काभ्रेपलाञ्चोक २४, सिन्धुपाल्चोक १९, रसुवा १२, नुवाकोट २२, धादिङ २१, चितवन २८, मकवानपुर २४, भक्तपुर २८, ललितपुर ३१, काठमाडौं ४०, गोरखा १८, लमजुङ १२, तनहुँ १७, कास्की २५, मनाङ पाँच, मुस्ताङ पाँच, पर्वत १४, स्याङ्जा १३, म्यादी १४, बागलुङ १३ दल रहेका छन् ।

नवलपरासी (पूर्व) १६, नवरपरासी (पश्चिम) २१, रुपन्देही ३२, कपिलवस्तु २१ र पाल्पामा ९, अर्घखाँची ११, गुल्मी ११, रुकुम (पूर्व) सात, रोल्पा सात, प्यूठान नौ, दाङ २१, बाँके २३, बर्दिया २०, रुकुम (पश्चिम) सात दलले निर्वाचनमा भाग लिँदै छन् ।

त्यसै गरी सल्यान सात, डोल्पा पाँच, जुम्ला आठ, मुगु नौ, हुम्ला नौ, कालिकोट १४, जाजरकोट सात, दैलेख आठ, सुर्खेत १९, बाजुरा नौ, बझाङ सात, डोटी नौ, अछाम १०, दार्चुला १०, बैटडी १०, डडेलधुल्ला १०, काञ्चनपुर १९ र कैलाली २३ दल रहेका छन् ।

देशभर राष्ट्रियसहित ७९ वटा राजनीतिक दलहरुले आफ्नै चुनाव चिन्हमा उम्मेदवारलाई उठान पाउने भएका छन् । आयोगले स्थानीय तह निर्वाचनका लागि १० हजार ७६५ मतदान केन्द्र र ११ हजार ९६६ मतदानस्थल कायम गरेको जनाएको छ ।

त्यस्तै, निर्वाचन प्रयोजनाका लागि यही चैत १५ गतेदेखि कल सेन्टर (११०२) प्रयोगमा आउने निर्वाचनमा मतपत्र जनक शिक्षा सामाग्री केन्द्रबाट छपाइ गर्ने निर्णय भएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.