अर्थ

सुनको मूल्यमा पुन: नयाँ कीर्तिमान, आज कति छ तोलाको ?

नेपाली बजारमा सुनको भाउले पुन: नयाँ कीर्तिमान कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य आज (सोमबार) हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

आज सुनको मूल्यप्रतितोला एक लाख ३१ हजार छ सय रुपैयाँमा कारोबार भएको छ । सोमबार तोलामा एक हजार  ६०० रुपैयाँ वृद्धि भइ सुनको मूल्यले १ लाख ३१ हजार छ सयको नयाँ कीर्तिमानी कायम गरेको हो ।

आइतबार सुनको मूल्य प्रतितोला एक लाख ३० हजारमा कारोबार भएको थियो । त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ३० हजार ९५० रहेकामा आइतबार प्रतितोला रु १ लाख २९ हजार चार सयमा कारोबार भएकोे थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १५ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १५ सय २५ रुपैयाँमा कारोबार भएको थियो । यसअघि शुक्रबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.