अर्थ

तोलामा बीस हजार पाँच सयले बढ्यो सुनको मूल्य

विगत केही दिनदेखि ओरालो लागेको सुनको मूल्य आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा रु २० हजार ५०० ले बढेको हो ।

गत शुक्रबार रु दुई लाख ९० हजारमा खरिद–बिक्री भएको एक तोला सुनको मूल्य आज रु तीन लाख ११ हजार १०० कायम भएको छ ।

त्यसै गरी, एक तोला चाँदीको मोल रु पाँच हजार ३४५ निर्धारण भएको छ । गत शुक्रबार एक तोला चाँदी रु पाँच हजार ४० मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७३० र त्यति नै परिमाणको सेतो धातुको ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.