जन सरोकार

जब ध्रुवेले गैंडा गणकलाई लखेटन थाल्यो …

केही वर्षअघि उन्मत्त ध्रुवे हात्तीको आतंकले सीमा नाघेको थियो । पछि ध्रुवे शान्त भयो भनिए पनि शुक्रबार धु्रवे हात्तीले आक्रमण गर्यो । नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) नवलपुरको मध्यविन्दु नगरपालिका–२ नजिकै चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर क्षेत्रमा गैँडा गणनामा खटिएको टोलीलाई जङ्गली हात्तीले लखेटपछि हात्तीबाट खसेर पाँच जना घाइते भए ।

गैँडा गणनामा खटिएका प्राविधिक र माहुते घाइते भएको उहाँले बताउनुभयो । गैँडा गणनाको क्रममा जङ्गली हात्तीले गणनामा प्रयोग भएको हात्तीलाई लखेटेपछि प्राविधिकसहित केही माहुते घाइते भएका हुन् ।

गणनामा खटिएको हात्तीलाई जङ्गली धु्रवे हात्तीले लखेटेको प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिनुभयो । सोही क्रममा भाग्ने क्रममा प्राविधिकसहित केही माहुते घाइते भएको उहाँले बताउनुभयो । घाइते हुनेको सङ्ख्या एकीन नभएको भए पनि कम्तीमा पाँच जना हुनसक्ने उहाँले बताउनुभयो ।

हात्तीबाट लडेर राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठ, माहुते सर्लाही जिल्लाको हरिपुर नगरपालिका– ७ का ४२ वर्षीय दीपेन्द्र चौधरी र रौटहट चन्दनपुर नगरपालिका– ७, निवासी ५१ वर्षीय पे्रमलाल कहार चौधरीसहित केही घाइते भएको संरक्षण अधिकृत बरालले जानकारी दिनुभयो ।

धु्रवे हात्तीले लखेट्दा कोही हात्तीबाट खसेर कोही भाग्ने क्रममा लडेर र ठोक्किँएर घाइते भएको प्रमुख उहाँले बताउनुभयो ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । अरु सामान्य घाइते भएको उहाँले बताउनुभयो । गम्भीर घाइते राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी श्रेष्ठको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि काठमाडाँैं लगिएको छ । अन्य घाइतेको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.