कर्णालीप्रदेश

कर्णाली प्रदेशसभामा दुई विधेयक टेबुल

कर्णाली प्रदेशसभामा दुई वटा विधेयक टेबुल गरिएको छ । सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको दशौँ बैठकका क्रममा आइतबार प्रदेशसभामा विधेयक टेबुल गरिएको हो ।

कर्णाली प्रदेशसभामा दुई विधेयक टेबुल

कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले सभामा टेबुल गर्न समय दिएसँगै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जीसीले ‘कर्णाली प्रदेश प्रशिक्षण (स्थापना र सञ्चालन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभामा टेबुल गर्नुभयो ।

त्यस्तै, सामािजक विकासमन्त्री टेकराज पछाईंले ‘कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ प्रदेशसभामा टेबुल गर्नुभयो । प्रदेश सरकार गठनको तीन महिनापछि सभामा पहिलो पटक दुई वटा विधेयक टेबुल गरिएका छन् ।

प्रदेशसभाको अर्को बैठक यही चैत २२ गते दिउँसो ३ बस्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.