विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १७४ औं उक्लिएको हो ।
यसअघि नेपाल १७५ औँ स्थानमा रहेको थियो । दक्षिण एशियाली राष्ट्रका वरीयतामा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अगाडि भारत १०१ औंँ स्थानमा छ । यस्तै माल्दिभ्स १५४, भुटान १८५, बङ्गलादेश १९२, पाकिस्तान १९५ तथा श्रीलङ्का २०७ औंँ स्थानमा छ ।
विश्व वरियताको शीर्ष स्थानमा भने अर्जेन्टिना रहेको छ । फ्रान्स, ब्राजिल, बेल्जियम र इंग्ल्यान्ड वरीयतामा क्रमशः दोस्रा, तेस्रा, चौथा र पाँचौँ स्थानमा छन् । त्यस्तै नेदरल्यान्ड्स छैटौं, क्रोएसिया सातौं, इटाली आठौँ , पोर्चुगल नवौं र स्पेन दशौँ स्थानमा रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्