राजनीति
उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृतिलाई
प्रतिनिधिसभाको उपभामुख पदका लागि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने भएको छ ।
सो पदका लागि आज बिहिबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । सत्तारुढ दल रास्वपा रास्वपाका अशोककुमार चौधरीको समर्थकमा ठाकुरले बिहीवार संघीय संसद सचिवालयमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उपसभामुखका लागि यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा)बाट सरस्वती लामाले उम्मेदवारी दर्ता गर्नुभएको छ । लामाको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीलाई प्रस्तावक र समर्थकमा सांसदहरू खुश्वु ओली, ताहिर अलि र भरत गिरी रहनुभएको छ।
संघीय संसद् सचिवालयले बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उसभामुखको उम्मेदवारी दर्ता गर्नका समय तोकेको थियो ।





प्रतिक्रिया राख्नुहोस्