राजनीति

भरतपुर महानगरपालिकामा एमालेबाट विजय सुवेदी

दलीय प्रतिस्पर्धामा देशभरमै सबैभन्दा चर्चित रहेको भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)ले विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ ।

भरतपुर महानगर कमिटीले सुवेदीको एकल नाम जिल्ला कमिटीमा सिफारिस गरेको भरतपुर महानगर कमिटी अध्यक्ष शङ्कर थपलिया जानकारी दिनुभयो ।

महानगर कमिटीको आज सम्पन्न बैठकमा एमाले पोलिटब्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीको प्रस्ताव र सांसद एवं एमाले नेता कृष्णभक्त पोखरेलको समर्थनमा सुवेदीको नाम सर्वसम्मत सिफारिस भएको हो ।

एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले महानगरबाट एउटा मात्रै नाम सिफारिस भएकाले सोही नामलाई मात्रै प्रदेश कमिटीमा पठाउने बताउनुभयो । प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पुगेको सिफारिसका आधारमा केन्द्रले उम्मेदवार निर्णय गर्नेछ ।

सुवेदी एमाले चितवनको दुई कार्यकाल पार्टी प्रमुख ९सचिव० भइसक्नुभएको छ । हाल उहाँ पार्टीको बागमती प्रदेश सचिव हुनुहुन्छ । सुवेदी भरतपुर महानगरभित्र पर्ने चितवन क्षेत्र नं २ ९ख० बाट बागमती प्रदेशसभा सदस्य हुनुहुन्छ ।

उहाँ अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री हुँदा सामाजिक विकास मन्त्री हुनुहुन्थ्यो । सुवेदी भरतपुर महानगरपालिका–१२ का स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ भरतपुर अस्पताल विकास समितिको अध्यक्ष हुँदा गरेका कार्य प्रशंसनीय छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.