राजनीति

सरस्वती लामालाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले उपसभामुखमा दिएको उम्मेदवारी बहुमतले अस्वीकृत भएको छ । शुक्रबार भएको निर्वाचनमा लामाको पक्षमा ५ मत खसेको छ भने विपक्षमा २१५ र तटस्थ ३७ मत खसेको सभामुख डोलप्रसाद (डीपी) अर्यालले जानकारी दिनुभयो ।

प्रतिनिधि सभामा भएको मतदानमा २५७ सांसदले भाग लिएका सभामुख अर्यालले जानकारी दिनुभयो । सभामुख अर्यालले निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरिएको जानकारी दिनुभयो ।

अहिले श्रम संस्कृतिकी रुबी कुमारीलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमा निर्वाचन सुरु भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.