बिहारका डिजीपीले खारेज गरिदिए भारतीय मिडियाको नेपाल बिरोधी समाचार
बिहिबार केही भारतीय मिडियाले एक नेपालीले भारतमा कोरोनाा भाइरस संक्रमितहरु पठाइरहेको भन्दै सनसनीपूर्ण बनाएर समाचार सार्वजनिक गरे ।
उनीहरु सीमावर्ती क्षेत्रका भारतीय सुरक्षाकर्मी तथा सरकारी अधिकारीहरुले केन्द्र सरकारलाई यसबारेमा जानकारी दिएको भन्दै दिएको समाचार २४ घण्टा नबित्दै झूठो भएको सावित भएको छ ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)को एउटा पत्रलाई आधार बनाउँदै भारतीय मिडियाले पर्साका जालिम मुखियालगयातले कोरोना संक्रमितलाई आफ्नो देशमा पठाउने गरेको भन्दै अफवाह फैलाइरहेका बेला बिहारका प्रहरी महानिर्देशक (डिजीपी) गुप्तेश्वर पान्डेयले भारतीय मिडियामा आएको सो समाचार झुटो रहेको तथ्य खोल्नुभएको हो ।
डिजीपी पान्डेयले सीमाहरु बन्द रहेको अवस्थामा आएको यो चर्चामा सत्यता नभएको र कुनै प्रमाणसमेत नरहेको बताउँदै भारतीय मिडियामा आएको सो समाचार झुटो रहेको र नेपालबाट कोरोना संदिग्ध छिर्छन् भन्ने विषयमा सत्यता नभएको बताउनुभएको छ ।