जल/वातावरण

तीनजना कोरोना संक्रमितसंग सम्पर्कमा रहेका २६ जना वीरगञ्जस्थित क्वारेन्टाइनमा

शनिबार राति तीनजना भारतीय नागरिकलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेका २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई शनिबार बेलुका नै नियन्त्रणमा लिएर वीरगञ्जमा सिद्धार्थ माविस्थित क्वारेन्टाइनमा राखिएको हो ।

वीरगञ्जबाट बिहिबार २४ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडामा पठाइएकोमा तीन जना बाहेक अरुको रिपोर्ट नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आएका २१ जना र उनीहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेका तीन जना मुस्लिम धर्म गुरु र दुई जना स्थानीयलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

वीरगञ्ज–२ छपकैया घुसुकपुरस्थित हजरत बिलाल मस्जिदबाट १० जना जमाती, तीन जना मौलाना र २ जना स्थानीयलाई र छपकैयाकै मक्की जामे मस्जिदबाट ११ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको हो । पोजेटिभ देखिएका तीनै जना जामे मस्जिदमै रहँदै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र शाहीले संक्रमित व्यक्तिको सम्पर्कमा रहेकोले उनीहरुलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिंदै मस्जिदबाट २६ जनालाई क्वारेन्टाइनमा राखेको, २१ जनाको थ्रोट स्वाब संकलन भइसकेको र पाँच जनाको स्वाब लिन बाँकी छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.