जापान

चारलाख मानिसको मृत्यु र साँढे आठलाख गम्भीर बिरामी हुने विज्ञहरुको चेतावनी

जापान सरकारले कोरोना भारस संक्रमण रोक्ने उपायहरुको खोजीका लागि गठन गरेको विज्ञहरुको कार्यदलले भाइरस संक्रमण रोक्न प्रभावकारी उपाय नअपनाई देशभ ४ लाखभन्दा बढी मानिसको मृत्यु हुने चेतावनी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयले गठन गरेको विज्ञहरुको कार्यदलले बुधबार आफ्नो प्रतिवेदन बुझाउँदै यदि सामाजिक दूरी बढाउने जस्ता व्यक्ति व्यक्तिबीचको सम्पर्क निषेध नगरे संक्रमण फैलन थालेको दुई महिनापछि गम्भीर बिरामीको संख्या चरम बिन्दुमा पुग्ने र द्धार लाखभन्दा बढीको मृत्यु हुने चेतावनी दिएका हुन् ।

एनएचकेको समाचार अनुसार विज्ञहरुको प्रतिवेदन अनुसार यस अवधिमा ८ लाख ५० हजार संक्रमितका लागि भेन्टिलेटरको आवश्यकता पर्ने र यसबीचमा त्यसको अभावकै कारण आधारभन्दा बढीको मृत्यु हुने चेतावनी दिएका हुन् ।

उनीहरुका संक्रमणको चरम अवस्थामा १५ देखि ६४ वर्ष उमेर समूहका २ लाख तथा ६५ वर्षभन्दा माथीका ६ लाख ५० हजार बिरामीको अवस्था गम्भीर हुनेछ । यिनीहरुका लागि भेन्टिलेटरको अभावका कारण सो संख्यामा मृत्यु हुनसक्ने तथ्यांक सार्वजनिक गरिएको हो ।

विज्ञहरुको कार्यदलका एक सदस्य होक्काइदो विश्वविद्यालयका प्रोफेसर निशिउरा हिरोशीले कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्ने प्रभावकारी उपाय मानिसहरुको सम्पर्क घटाउनु भएकाले नागरिकलाई घर बाहिर ननिस्कन तथा अन्य व्यक्तिसंग सम्पर्कमा नरहन आव्हान गर्नुभएको छ ।

जापानमा कोरोना संक्रमण फैलदै गएको छ । बुधबार दिउँसोसम्म डायमण्ड प्रिन्स क्रुजमा रहेका संक्रमित बाहेक जापानभित्रै ८ हजार ४ सय संक्रमित पाइएको छ । यसमा राजधानी टोकियोमा सबैभन्दा बढी संक्रमित रहेका छन् ।

संक्रमण बढ्दै गएपछि जापानका मुख्य शहरहरुमा संकटकाल घोषणा त गरिएको छ तर लकडाउनको स्थिति छैन । सरकारले सकेसम्म व्यवसायहरु बन्द गर्न तथा नागरिकलाई घरबाहिर ननिस्कन आव्हान गरे पनि बाध्यकारी व्यवस्था गरेको छैन ।

सम्बन्धित खबर

Back to top button