जन सरोकार
गाई/गोरु काटेको अभियोगमा १० जना पक्राउ
खोटाङको हलेसी तुवाचुङ नगरपालिका ५ मयांखुबाट गोरु काटेको अभियोगमा सोही ठाउँ बस्ने लिला बहादुर खड्का समेत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीले उनीहरुलाई गोरु काटिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यसै गरी दमक नगरपालिका ३ बेलडागी २ शिविरबाट गाई काटेको अभियोगमा सोही ठाउँ बस्ने २६ वर्षीय सुनिल गुरूङ समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनामा संलग्न अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्