प्रदेशलुम्बिनी

अविश्वास प्रस्ताव दर्तासंगै मन्त्रिमण्डल हेरफेरः प्रस्तावमा हस्ताक्षर गर्ने तीन जनालाई मन्त्री

शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारबिरुद्ध अविश्वार प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टीका तीनजना पोखरेलकै पक्षमा रहेका छन् ।

अविश्वास प्रस्ताव दर्ता भए लगत्तै मुख्यमन्त्री शंकर पोखरेलले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने तीन जनासहित चार जना थपेर मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । उनीहरुले सोमबार नै सपथ लिएका छन् ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, विजय यादव, सुमन शर्मा रायमाझीलाई मन्त्री बनाइएको छ । कल्पना पाण्डेले भने प्रस्तावमा हस्ताक्षर गर्नुभएको छैन ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन र नगरेका एक गरी जसपाका चार प्रदेशसभा सदस्य मन्त्री नियुक्त भएका हुन् । सन्तोष पाण्डे, विजयवहादुर यादव र कल्पना पाण्डे लम्साल मन्त्री तथा सुमन रायमाझी राज्यमन्त्री बनेका हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.