जापान

जापानी कम्पनीद्वारा पोखरा महानगरलाई मास्क सहयोग

कोरोना संक्रमण बढेसंगै एक जापनिज कम्पनीले उपहार स्वरप पोखरा महानगरपालिकालाई मास्क प्रदान गरेको छ । जापानको मेइहोकु कम्पनीले पोखरा महानगरपालिकालाई ३५ हजार थान मास्क प्रदान गरेको हो ।

पोखरा महानगरपालिकामा आयोजित एक कार्यक्रम मार्फत कम्पनीका अध्यक्ष शोगो अदाचीले पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई उक्त मास्क हस्तान्तरण गरेका हुन् । उक्त कम्पनी जापानको कित्ता नागोयामा रहेको छ ।

नेपालमा जापानिज भाषा कक्षा सञ्चालन गरिरहेको मेइहोकु ट्रेनिङको कम्पनीले पोखरा महानगरपालिकालाई करिब १७ लाख रुपैयाँ बराबरको ३५ हजार थान मास्क उपलब्ध गराएको मेइहोकुका अध्यक्ष अदाचीले जानकारी गराए ।

उक्त कम्पनी नेपालमा स्थापनाको लागी सहजिकरण गरेका जापानको नागोया स्थित चुबु युनिभरसिटिमा कार्यरत डा सुदिप अधिकारीका अनुसार उक्त जापनिज कम्पनी यसअघि पनि नेपालमा विभिन्न सामाजिक कार्यमा क्रियाशील छ ।

नेपाल कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट आक्रान्त भइरहेको अवस्थामा यसले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्ने उनको भनाई छ ।

त्यस्तै पोखरा महानगरपालिकाका मेयर मानवहादुर जीसीले जापानको यस्तो सहयोगले नेपाल र नेपालीको मन जितेको बताए ।

उक्त जापनिज कम्पनीले नेपालबाट जापानमा प्रशिक्षार्थी कामदार ल्याई जापानमा रोजगारी दिइरहेको छ । पछिल्लो समय मात्र नेपालबाट केयर किपरको रुपमा २ दर्जन नेपालीहरु जापानको नागोयामा कार्यरत रहेको बताइएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.