खेल

नेपाल नेदरल्याण्ड्ससंग पराजित, कुशलको लगातार तेस्रो अद्र्धशतक

काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक टी २० सिरिज अन्तर्गत मंगलबारको खेलमा नेपाल नेदरल्याण्ड्ससंग पराजित भएको छ ।

नेपालले दिएको २०७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ७ विकेटको नोक्सानीमा १९.३ ओभरमा ७ विकेटको नोक्सानीमा पूरा गरी सिरिजको दोस्रो जित हात पार्यो । यसअघि नेपालसंगको पहिलो खेलमा नेदरल्याण्ड्स ९ विकेटले पराजित भएको थियो ।

नेपालले अन्तिम लिग खेल मलेसियासंग बिहीबार खेल्नेछ । दुई जितपछि नेदरल्याण्ड्सले पनि ३ खेलबाट ४ अंक जोडेको छ ।

प्रतियोगितामा कुशल भुर्तेलले टी(२० अन्तर्राष्ट्रियमा लगातार तेस्रो अर्धशतक प्रहार गरेका छन् । उनले तीन खेलमा ओपनिङ गर्दै अर्धशतक प्रहार गरेका हुन् । मंगलबार नेदरल्याण्ड्स विरुद्ध १३ औं ओभरमा अर्धशतक पूरा गरे । उनले ४१ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ५२ रन प्रहार गरे ।

टी(२० अन्तर्राष्ट्रिय क्रिकेटको डेढ दशक भन्दा लामो इतिहासमा डेब्युदेखि लगातार तीन अर्धशतक प्रहार गर्ने कुशल पहिलो खेलाडी बनेका छन् । यसअघि उनले नेदरल्यण्ड्स र मलेसियाविरुद्ध अर्धशतक प्रहार गरेका थिए । टी २० अन्तर्राष्ट्रियमा लगातार तेस्रो अर्धशतक प्रहार गर्ने उनी पहिलो नेपाली खेलाडी समेत बनेका छन् । यस्तै उनी नेपालका लागि सर्वाधिक अर्धशतक प्रहार गर्नेमा दोस्रो स्थानमा उक्लेका छन् । नेपालका लागि पारस खड्काले सर्वाधिक ५ अर्धशतक प्रहार गरेका छन् । दोस्रो स्थानमा कुशल पुगेका छन् ।

उनले नेदरल्याण्ड्सविरुद्ध पहिलो खेलमा डेब्यु गर्दै ६२ रन बनाएका थिए । यस्तै मलेसिया विरुद्ध दोस्रो खेलमा अविजित ६१ रन बनाएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.