राजनीति

बोलचाल नै बन्द गरेका अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता

लामो समयदेखि एकले अर्कोलाई भएभरको आलोचना गर्नमा व्यस्त रहेका र नेकपा एमाले लगभग फुटको संघारमा पुगेका बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

उहाँहरूबीच बुधबार साँझ राजधानीको नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता भएको हो ।उहाँहरूबीच पार्टीभित्र देखिएका अन्तरसङ्घर्ष व्यवस्थापन गर्ने सम्बन्धमा गम्भीर विचार विमर्श शुरु भएको हो ।

गत पुस ५ गते प्रतिधिसभा विघटनपश्चात उहाँहरूबीच संवाद हुन सकेको थिएन । यसअघि स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओलीसँग भेट गरी पार्टीभित्रका विवाद अन्त्यका लागि विशेष पहल लिन आग्रह गर्नुभएको थियो ।

बुधबार नै नेपाल समूहका सांसदहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई सांसद पदबाट हटाउनसक्ने भन्दै सर्वोच्च अदालत गएका छन् । उनीहरुले एमाले पुनस्र्थापित भएपछि अध्यक्ष ओलीले गरेका निर्णयहरु बदर गर्न र सांसदबाट नहटाउन आदेश माग गरेका छन् ।

एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओलीले मंगलबार माधवकुमार नेपालसहित २७ सांसदलाई स्पष्टीकरण सोधेका थिए । एमालेको नाम र चिन्ह दुरुपयोग गरी समानान्तर गतिविधि गरेको र त्यो नयाँ दल गठनको आधार भएको भन्दै ओलीले सांसद पदबाट किन पदमुक्त नगर्ने भनेर स्पष्टिकरण सोध्नुभएको छ ।

माधवकुमार नेपाल, भीम रावल लगायतका सांसदहरुको तर्फबाट सर्वोच्चमा पुगेको रिटमा आफूहरुमाथि गरिएको कारबाही यथास्थितिमा राख्न र थप कारबाही नगर्न अन्तरिम आदेशको माग गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.