राजनीति
अमेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
नेपाल भ्रमणमा रहनुभएका अमेरिकी सहायक विदेशमन्त्री पल कपुरले सोमबार नेपालका सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा अमेरिकी व्यावसायिक अवसर विस्तारबारे उद्योग क्षेत्रका नेतृत्वकर्तासँग छलफल गर्नुभएको छ ।
सोमबार यहाँ आयोजित कार्यक्रममा डिजिटल पूर्वाधार विस्तार एवं सुदृढीकरण गर्ने, कृत्रिम बुद्धिमत्ताको प्रयोग बढाउने, साइबर सुरक्षा मजबुत बनाउने विषयमा छलफल भएको थियो ।
सो अवसरमा अमेरिकी प्रविधिगत दक्षता साझेदारी गर्ने उपायबारे पनि चर्चा गरिएको थियो ।





प्रतिक्रिया राख्नुहोस्