करनको धुवाँधार ब्याटिङ : नेपालले दियो मलेसियालाई २ सय १८ रनको विजयी लक्ष्य

राजधानीमा जारी नेपाल, मलेसिया र नेदरल्याण्ड्स सम्मिलित त्रिदेशीय टी २० प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई २ सय १८ रनको विजयी लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १७ रन बनाएको हो । ठूलो स्कोर बनाउने क्रममा नेपालका तर्फबाट करन केसीले आक्रामक ब्याटिङ गर्दै १३ बलमा ४५ रन जोडे । उनले लगातार ७ छक्का प्रहार गरेका थिए ।
यसअघिका तीन खेलमा अद्र्धशतक पूरा गरेका ओपनर कुशल भुर्तेल आज जम्न सकेनन् । उनी १५ रन बनाएर आउट भए भने आशिफ शेखले ४२, कप्तान ज्ञानेन्द्र मल्ल ४१ तथा दीपेन्द्र सिंह ऐरीले ३३ रन बनाए । त्यसै गरी कुशल मल्लले १९, बिनोद भण्डारीले ८ तथा सोमपाल कामीले २ रन बनाए ।
यसअघि नै फाइनलमा पुगिसकेको नेपाल आजको खेलमा विजयी भए शीर्षस्थानमा रहेर नेदरल्याण्डसंग फाइनल खेल्नेछ भने पराजित भए पनि समीकरणमा कुनै फलक पर्दैन ।