राजनीति

सत्ता गठबन्धनलाई दिगो र परिणाममुखी बनाउने एमाले परिषद् बैठकको निष्कर्ष

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकले वर्तमान सत्ता समीकरणलाई दिगो, परिणाममुखी र सफल बनाउने सङ्कल्प गरेको छ ।

एमाले प्रतिनिधि परिषद् बैठक

बैठकको दोस्रो दिन आइतबार विभिन्न प्रतिवेदनमाथि समूहगत छलफलपछि तयार गरिएको निष्कर्षमा मुलुकमा स्थिरता र राष्ट्रियताको संवद्र्धनका  लागि सत्ता समीकरणलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै यसका विरुद्ध हुने कुनै पनि चलखेल र षड्यन्त्र चिर्न आह्वान गरेको बैठकपछि सो पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो । उहाँले गत फागुन २१ गते निर्मित यस गठबन्धनप्रति सन्तोष व्यक्त गर्दै गठबन्धनमा संलग्न पाँच दलले जारी गरेको साझा न्यूनतम् कार्यक्रमलाई अघि बढाउन जोड दिएको बताउनुभयो ।

बैठकले १५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । लतिलपुरको गोदावारीस्थित सनराइज हलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमाथि छलफल भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.