राजनीति

राष्ट्रपतिको उपचार नेपालमा असम्भव नै थियो र ?

राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि नयाँ दिल्लीसम्म लैजाने एयर एम्बुलेन्सको भाडा र चिकित्सकहरुको टोलीको हवाई भाडा मात्रै ६५ लाखभन्दा माथी र उपचार खर्च तथा सहयोगीहरुको भत्ता गर्दा करोडभन्दा बढी खर्च हुने भएको छ ।

डाइबेटिज, ग्यास्ट्रोसम्बन्धी समस्या देखिएपछि पौडेललाई गत मंगलबार महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्‍याइएको थियो । छातीमा पनि समस्या देखिएका पौडेलको उपचार नेपालमै सम्भव रहेको र त्यसका लागि भारत गइरहनु नपर्ने त्रिविका वरिष्ठ चिकित्सकहरुहरूको सुझाव विपरीत पौडेललाई दिल्ली लगिएको हो ।

राष्ट्रपति पाडेललाई गत वैशाख ६ गते श्री एयरको एयर एम्बुलेन्समार्फत नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार गर्न लगिएको थियो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति पौडेलका लागि प्रयोग गरिएको श्री एयरको एयर एम्बुलेन्सको २२ हजार पाँच सय डलर र मेडिकल टिम उडेको अर्को जहाजका लागि थप दुई हजार पाँच सय गरी २५ हजार डलर खर्च भएको छ ।

भारतमा उपचार रहँदा राष्ट्रपति पौडेल, उहाँसँग गएका परिवारका सदस्य र चिकित्सक टोलीले भ्रमण खर्च नियमावली २०७२ अनुसार दैनिक भ्रमण भत्तासमेत पाउने छन्। राष्ट्रपति कार्यालय स्रोतका अनुसार पौडेलको उपचारका लागि तीनजना परिवारका सदस्य र चिकित्सक टोलीमा तीन जना रहेका छन्।

नियमावलीअनुसार राष्ट्रपति पौडेलले प्रतिदिन २५० डलर भ्रमणभत्ता पाउनुहुनेछ भने परिवारका सदस्यहरू श्रीमती सविता पौडेल, छोरा चिन्तन पौडेल र नाति नाता पर्ने हरिस पौडेलले विशिष्ट श्रेणीसरह दैनिक २२५ डलर भ्रमण भक्ता पाउनेछन् भने चिकित्सक डा निरान बमले पनि विशिष्ट सरहकै सुविधा पाउने दाबी राष्ट्रपति कार्यालयको छ ।

बमको टिममा रहेका अरू दुई जनाले पनि दैनिक भ्रमण भत्ताबापतको सुविधा पाउनेछन्। यस हिसाबले राष्ट्रपतिको उपचार टिममा रहेका व्यक्तिहरूको दैनिक भ्रमणभत्ता मात्रै दैनिक करिब एक हजार पाँच डलर अर्थात् एक लाख ९६ हजार रुपैयाँ बुझ्नेछन्।

जाँदा आउदाको भाडा र दैनिक भ्रमणभत्ताबाहेक राष्ट्रपति पौडेलको उपचारका लागि अस्पतालमा लाग्ने सम्पूर्ण खर्च, औषधी राज्य कोषबाट व्यहोरिनेछ। उपचारमै रहेकाले त्यो खर्चको विवरण तय भएको छैन।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.