राजनीति

राष्ट्रपतिद्वारा दुई अध्यादेश खारेज

शुक्रबार मन्त्रिपरिषद्को सिफारिश अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार जारी गर्नुभएको दुई अध्यादेश खारेज गर्नुभएको छ । सो कुराको जानकारी राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

गत सोमबार मन्त्रिपरिषद्ले शुक्रबार राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश राष्ट्रपति समक्ष सिफारिश सरेको र सोही साँझ जारी भएको थिया ।

दुई अध्यादेश जारी भएपछि सत्तापक्ष र विपक्षी सबै दलबाट व्यापक बिरोध भएपछि शुक्रबार बसेको मन्त्रिपरिष बैठकले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को सिफारिसमा राजनीतिक दल सम्बन्धी (दोस्रो संसोधान) अध्यादेश तथा संवैधानिक परिषद्को काम कर्तव्य र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) विधेयक राष्ट्रपतिबाट स्वीकृत भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.