जापान

जापानको राजधानी टोकियोसहितका क्षेत्रमा मे ११ सम्म संकटकालको घोषणा

कोरोना भाइरस (कोभिड १९) महामारी तीव्र रुपमा फैलिएपछि जापानको राजधानी टोकियो सहितका क्षेत्रमा फेरि संकटकालको घोषणा गरिएको छ । प्रधानमन्त्री योशिहिदे सुगाले शुक्रबार घोषणा गर्नुभएको सङकटकाल आगामी मे ११ सम्म लागु हुने बताइएको छ ।

प्रधानमन्त्री सुगाले राजधानी टोकियो र अरु केही पश्चिमी प्रान्तहरु ओशाका, क्योटो र ह्योगोमा संकटकालको घोषणा गर्नुभएको थियो । शुरुका महिनाहरुमा यहाँ यो महामारी फैलिएको थिएन । प्रभावकारी रुपमा जापानमा महामारीको नियन्त्रण भइरहेको बताइएको थियो ।

तर पछिल्लो समयमा कोरोना भाइरसको नयाँ प्रजातिको जीवाणु देखिएपछि भने यहाँ महामारी तिब्र बन्दै गएको बताइएको छ । यो महामारी थप नफैलियोस भन्ने उद्देश्यले यहाँ संकटकाल घोषणा गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

यहाँ संकटकालको घोषणा भएपछि बार तथा रेस्टुरेन्टहरूलाई मादक पदार्थ विक्री वितरण नगर्न कडा प्रतिवन्ध लगाइएको छ भने ठूला व्यावसायिक प्रतिष्ठानहरू पनि बन्द हुनेछन् । दोस्रो पटक पनि यहाँ संकटकालको घोषणा भएपछि यहाँका मानिसमा थप त्रास फैलिएको बताइएको छ ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.