जापानमा 'नेपाली समुदाय कोभिड १९ आपतकालीन सहयोग समिति' गठन
कोरोना सकोरोना भाइरस संक्रमणका कारण अति प्रभावित मुलुक जापामा रहेका नेपालीहरुलाई यसको प्रभाव र आवश्यक सहयोगका विषयमा वृहत छलफल गरी आपतकालीन सहयोगका लागि गृहकार्य सुरु गरिएको छ ।

शुक्रबार नेपाली दूताबास टोकियोको आयोजनामा गैरआवासीय नेपाली संघ, जापानको संयोजन तथा त्यहाँ रहेका विभिन्न संघसंस्थाहरुको सहभागितामा गरिएको भिडियो कन्फ्रेन्समा नेपालीलाई परेको कोरोनाको प्रभावका साथै आपतकालीन राहत कोषका विषयमा छलफल भएको थियो ।
जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको अध्यक्षमा बसेको बैठकमा कोरोना भाइरस संक्रमण र सुरक्षाका निम्ति सूचना प्रवाह तथा जनचेतना अझै व्यापक बनाउने सहमति भएको छ ।
त्यसै गरी संकटकालीन अवस्थामा हुने आर्थिक क्षतिको पूर्तिका लागि जापान सरकारले उपलब्ध गराउने राहत तथा अन्य सुविधाका बारेमा नेपाली समुदायलाई अझै प्रभावकारी रुपमा सूसुचित गर्ने निर्णय भएको छ ।
बैठकले जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको प्रमुख संरक्षकत्वमा नेपाली समुदाय कोभिड १९ आपतकालीन सहयोग समिति गठन गरिएको छ । एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारी संयोजक तथा महासचिव जनकविक्रम शाही सदस्य सचिव रहनुभएको समितिको संरक्षकमा दूताबासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल, एनआरएनएका निवर्तमान केन्द्रीय अध्यक्षद्वय भवन भट्ट र देवमान हिराचन तथा एनआरएनए आइसीसी कोषाध्यक्ष महेश श्रेष्ठ रहनुभएको छ ।
त्यसै गरी सल्लाहकारहरुमा एनआरएनएका वर्तमान तथा पूर्व आईसीसी, एसिया प्यासिफिक संयोजक तथा उपसंयोजकहरु, एनआरएनए जापान संरक्षक परिषद्, एनआरएनए जापान उच्चस्तरीय विज्ञ समिति, सल्लाहकार परिषद्, मानार्थ परिषद् तथा जापानस्थित सक्रिय संघसंस्थाका प्रमुखहरु रहेका छन् ।