क्रिकेटखेल

आइसिसी विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र यूएई भिड्दै

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मदनम हुने खेल नेपाली समयअनुसार बिहान ९:३० बजे सुरु हुनेछ ।

सिरिजमा नेपाल, यूएई र ओमानको सहभागिता रहेको छ । नेपाल रोहित पौडेल र यूएई मोहम्मद वासिमको कप्तानीमा मैदान उत्रदै छ । आज नेपाल घरेलु मैदानको फाइदा उठाउँदै जित निकाल्दै सिरिजमा सुखद सुरुवात गरे योजनामा रहेको छ भने उता यूएई पनि नेपाललाई उसकै मैदानमा पराजित गर्ने सुरमा रहेको छ ।

यस सिरिजमा तीन देशले एक अर्काविरुद्ध समान दुई-दुई खेल खेल्नेछन् । आज नेपाल र यूएईले पहिलो खेल खेल्दा अप्रिल २७ मा ओमान र यूएईले, अप्रिल २९ मा नेपाल र ओमानले, मे १ मा नेपाल र युएईले, मे ३ मा ओमान र युएईले तथा मे ५ मा नेपाल र ओमानले खेल्ने तालिका रहेको छ ।

नेपाल २० खेलमा ५ जित, १३ हार र २ खेलको नतिजाविहिन हुँदा १२ अंक जोड्दै सातौं स्थानमा छ भने समान खेलमा ५ जित र १५ हारसहित १० अंक जोडेको यूएई पुछारमा रहेको छ । यता २४ खेल खेलेको ओमान भने १३ जित, ८ हार र ३ खेलको नतिजा नआउँदा २९ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ ।

हेड टु हेड हेर्ने हो भने नेपाल र यूएईले १७ एकदिवसीय खेल खेलेका छन् । जसमा नेपाल ९ खेलमा विजयी हुँदा ८ खेलमा यूएई विजयी भएको छ ।

नेपाली टोली – रोहित पौडेल(कप्तान), आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भिम सार्की, आरिफ शेख, दिपेन्द्रसिह ऎरी, विनोद भण्डारी , अर्जुन कुमाल, सोमपाल कामी , गुल्शन झा, नन्दन यादव, करण केसी, सन्दीप लामिछाने, बसिर अहमद र ललित राजंवशी ।

युएई टोली – मोहम्मद वासिम (कप्तान) , अर्यांश शर्मा(विकेटकिपर), अदिब उस्मानी (विकेटकिपर) , मोहम्मद शाहदाद, सोएब खान, हरपृत भाटिया, निलन्श केश्वानी, हैदर अलि, खुजैमा बिन ताहिर, अजय कुमार, जुनैद सिद्दिकी अक्ष नाथ, मोहम्मद जवादुल्लाह, जश गियाननी र मोहमद जुहैब ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.