राजनीति

‘स्वेच्छाचारी प्रवृत्ति’विरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति एक भएर संघर्ष गर्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, हालै एकीकरण भएर बनेको जनता समाजवादी पार्टी र राष्टिूय प्रजातन्त्र पार्टीले सरकारबिरुद्ध एकताबद्ध भई संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कांग्रेस पार्टी कार्यालय सानेपामा सोमबार बसेको बैठकले सांसद डा सुरेन्द्र यादव अपहृत भनिएको प्रकरणमा कानूनी कारवाही अगाडि बढाउन माग गर्दै सरकारको ‘स्वेच्छाचारी प्रवृत्ति’विरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति एक भएर संघर्ष गर्ने बताएका हुन् ।

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार संसदमा प्रतिनिधित्व गर्ने ती दलका शीर्ष नेताको बैठकले सो विषयमा तत्काल कानूनी कारवाही अगाडि बढाउन माग गर्ने निर्णय गरेको हो ।

बैठकपछि काँग्रेस सभापति शेरबहादुर देउवा, जसपाका उपेन्द्र यादव र शरत्सिंह भण्डारी तथा राप्रपाका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले संयुक्त विज्ञप्ति जारी गरी ‘स्वेच्छाचारी प्रवृत्ति’विरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति एकबद्ध भई संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बैठकले कोरोना भाइरसको सङ्क्रमण सन्दर्भमा गरिएको लकडाउन अवधिमा जनताका न्यूनतम आवश्यकता पूर्ति गर्न तथा नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव न्यून गर्नका लागि तत्काल राहत र कार्यक्रमको ठोस योजना प्रस्तुत गर्न माग गरेको छ । साथै कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन आवश्यक जाँचलाई तीव्रता दिन बैठकले माग गरेको छ ।

बैठकमा काँग्रेसबाट सभापति देउवा एवं नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा शशांक कोइराला, पूर्णबहादुर खड्का, डा प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विश्वप्रकाश शर्मा र राधेश्याम अधिकारी, जसपाबाट महन्थ ठाकुर, डा बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव, भण्डारी, अशोककुमार राई र राजेन्द्रप्रसाद श्रेष्ठ तथा राप्रपाबाट अध्यक्ष डा लोहनी उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.