राजनीति

सरकार बनेको तीन हप्तामै अमेरिकाबाट उच्चस्तरीय भ्रमण

संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री पल कपुर नेपालको तीन दिने भ्रमणका लागिकाठमाडौँ आइपुग्नुभएको छ ।

गत चैत १३ मा बालेन्द्र (बालेन)शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि नेपाल भ्रमण गर्ने उहाँ सबैभन्दा उच्च तहका विदेशी कूटनीतिज्ञ हुनुहुन्छ ।

कपुरले आजै परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट्ने तालिका छ। उहाँले नयाँ सरकारका प्राथमिकताहरू बुझ्ने र दुई देशबीचको सहयोगका क्षेत्रबारे छलफल गर्ने बताइएको छ।

प्रधानमन्त्री बालेन शाहसँगको भेटवार्ताबारे भने अहिलेसम्म आधिकारिक पुष्टि भइसकेको छैन। नयाँ राजनीतिक परिस्थितिमा हुन लागेको यो भ्रमणलाई कूटनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।

उहाँले यस भ्रमणमा अमेरिका–नेपाल साझेदारीलाई अझ सुदृढ बनाउन सरकारी अधिकारीहरू, व्यावसायिक नेतृत्वकर्ताहरू र सांस्कृतिक विज्ञहरूसँग भेटघाट गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

भ्रमणका क्रममा कपुरले पाटन दरबार क्षेत्रको अवलोकन गर्ने र नेपाल–अमेरिका उद्योग वाणिज्य संघका प्रतिनिधिहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.