प्रदेशलुम्बिनी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरी र तीन मन्त्रीले लिनुभयो शपथ

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । संविधानको धारा १७२ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले उहाँलाई शपथ गराउनुभएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरी र तीन मन्त्रीले लिनुभयो शपथ

बिहीबार प्रदेश प्रमुख शेरचनले नवनियुक्त मुख्यमन्त्री चौधरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

गत पुस २७ गते नेकपा (माओवादी केन्द्र)सहित दलको समर्थनमा सरकारको नेतृत्व गर्नुभएका नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरीले गत सोमबार प्रदेशसभामा दोस्रो पटक प्रस्तुत गर्नुभएको विश्वासको मतको प्रस्तावलाई बहुमतले अस्वीकृत गरेपछि उहाँको नेतृत्वको सरकार ढलेको थियो ।

प्रदेशसभामा विश्वासको मत पाउन असफल भएपछि प्रदेश प्रमुखले मङ्गलबार बिहीबार अपराह्न ४ बजेसम्म सरकार गठनका लागि दलहरुलाई आह्वान गर्नुभएको थियो ।

गत माघ ५ गते संविधानको धारा १८८ को उपधारा (१) तथा लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ को उपनियम (४) बमोजिम तत्कालीन अवस्थामा मुख्यमन्त्रीले पहिलो पटक विश्वासको लिँदा उहाँको पक्षमा ५७ मत परेकामा गत सोमबार दोस्रो पटक विश्वासको मत लिँदा भने पक्षमा ३३ र विपक्षमा ५३ मत परेको थियो ।

नवनियुक्त मुख्यमन्त्री चौधरीले नेकपा (माओवादी केन्द्र)सहित आठ दल र एक स्वतन्त्र प्रदेशसभा सदस्य ५३ जनाको समर्थनसहित बिहीबार अपराह्न मुख्यमन्त्रीका लागि प्रस्ताव गर्नुभएको थियो ।

मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार तथा जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन-तीन जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक-एकजना र स्वतन्त्र एक सांसद गरी ५३सांसदको समर्थन रहेको छ ।

तीन बिनाविभागीयमन्त्रीको पनि शपथ

तीन बिनाविभागीयमन्त्रीको पनि शपथ
यस्तै नवनियुक्त मुख्यमन्त्री चौधरीले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम आफ्नो मन्त्रिमण्डलमा तीन मन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष आजै सिफारिस गर्नुभयो । सत्ता गठबन्धन दलका तर्फबाट मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी र नेकपा माओवादी केन्द्रका धनबहादुर मास्कीलाई बिना विभागीयमन्त्रीमा नियुक्त गर्नुभयो । नव नियुक्त मन्त्रीहरुलाई पनि संविधानको धारा १७२ बमोजिम आजै सोही समारोहमा प्रदेश प्रमुख शेरचनले शपथ गराउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.