जापान

कोभिड- १९ को सम्भावित औषधि मानिएको 'एवीगन' निर्यात गर्दै जापान

जापानी विशेषज्ञहरुले कोरोना भाइरस (कोभिड १९) संक्रमितका लागि लाभदायक मानिएको इन्फ्लुएन्जाको औषधि एवीगन ३८ वटा मुलुकलाई उपलब्ध गराउने भएको छ । जापानी विदेशमन्त्री मोतेगी तोशिमित्सुले सो कुराको जानकारी दिनुभएको हो ।

विदेशमन्त्री तोशिमित्सुका अनुसार नेदरल्याण्ड्स, फिलिपिन्स, मलेसिया लगायत ३८ देशमा जापानी कम्पनीले विकास गरेको इन्फ्लुएन्जाको औषधि पठाउन लागेको हो । उहाँका अनुसार ७० भन्दा बढी देशल सो औषधि माग गरेका र जापान सरकारले निशुल्क दिने प्रस्ताव गरेको छ ।

उहाँका अनुसार यो औषधि माग गर्ने देशहरुले यसको दैनिक परीक्षणको जानकारी जापानलाई दिनुपर्नेछ । कोरोना भाइरस महामारी रोक्नका लागि प्रभावकारी औषधिको विकास अत्यावश्यक भएकाले यस्तो प्रस्ताव गरिएको हो ।

विदेशमन्त्री तोशिमित्सुले कोरोना भाइरसको उपचारलाई प्रभावकारी बनाउन औषधिको विकास आवश्यक रहेकाले सरकार र निजी क्षेत्रको साझेदारीलाई प्रोत्साहित दिन र अन्तर्राष्ट्रिय सहयोग कायम राखिनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.