राजनीति

न्यायाधीश र कानुन व्यवसायीको समाचार २४ घण्टाभित्र हटाउन निर्देशन

सर्वोच्च अदाललते सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीको भन्दै सार्वजनिक भएको अडियोसहितको समाचार २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ ।

यही वैशाख १४ मा चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउन सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेशन शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

अदालतले सोमबार २४ घण्टाभित्र हटाउन र यस विषयसँग सम्बन्धित अन्य कार्यक्रम प्रस्तुत निवेदनको अन्तिम निर्णय नभएसम्म उत्पादन, प्रसारण, पुनःप्रसारणलगायत सार्वजनिक गर्ने कुनै कार्य नगर्नु नगराउनु भनेको छ ।

यसअघि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘सिधाकुरा डटकम’ मा समाचार प्रकाशन भए लगत्तै पत्र लेखेर २४ घण्टाभित्र हटाउन निर्देशन दिएको बताउनुभएको छ ।

उक्त अनलाईनका सामग्री अध्ययन गर्दा सुरुमै शंकास्पद पाइएकाले प्रश्न उठाइएको र हटाउन निर्देशन दिएको उहाँले बताउनुभयो ।

“हामीले यो अडियोसहितको सामग्री प्रसारण हुनासाथ सुरुमै अपुष्ट र शंकास्पद ठानेका थियौँ, प्रारम्भिक अनुगमनले तथ्यगत रुपमा त्रुटिपूर्ण र असन्तुलित देखिएपछि त्यसलाई नरोक्दा थप आघात पुग्ने ठानी निर्देशन दिएका थियौं” अध्यक्ष बस्नेतले भन्नुभयो, “प्रविधिको दुरुपयोग हुन नदिन यो घटनाले सबैलाई पाठ सिकाएको छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.