क्रिकेटखेल

आइपिएलमा पञ्जाबको चौथों जित, चेन्नई ७ विकेटले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा पञ्जाब किंग्सले चौथों जित निकालेको छ । बुधबार राति भएको खेलमा चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गर्दै पञ्जाबले प्रतियोगितामा चौथों जित निकालेको हो ।

आइपिएलमा पञ्जाबको चौथों जित

चेन्नईको एमए चिदम्बरमा स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । चेन्नईका लागि ऋतुराज गायकवाडले ६२ रनको अर्धशतकीय पारी खेले भने अजिंक्य रहाणेले २९ रन बनाए । त्यस्तै समिर रिजभीले २१ रन जोड्दा मोइन अलीले १५ र  महेन्द्रसिंह धोनीले १४ रन बनाए । पञ्जाबका लागि हरप्रित ब्रार र राहुल चहरले समान २-२ विकेट लिए भने कागिसो रबडा र अर्शदीप सिंहले समान १-१ लिए ।

चेन्नईले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको पञ्जाबले १७.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा जोनी बेयरिस्टोले ४६ रन बनाए रिली रोसोले ४३ रन जोडे । यस्तै, शंसाक सिंह २५ र साम कुरान २६ रनमा अविजित रहे । चेन्नईको लागि रिचार्ड ग्लेसन, शार्दुल ठाकुर र शिवम दुबेले समान १-१ विकेट लिए ।

जितसँगै पञ्जाब १० खेलमा ८ अंक जोड्दै सातौं स्थानमा छ भने समान खेलमा १० अंक जोडेको चेन्नई चौथों स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद नेपाली समय अनुसार पौने आठ बजे हैदराबादमा भिड्दै छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.