टी–ट्वान्टी शृङ्खलाको चौथों खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लागि २१० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २०९ रनको योगफल बनायो । वेस्ट इन्डिज ‘ए’का लागि आन्द्रे फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ८४ रनको अर्धशतकीय पारी खेले भने जोनसन चार्ल्स ३० बलमा ३ चौका र ६ छक्कासहित ५८ रनमा आउट भए ।
त्यस्तै फबिएन एलेन १९ बलमा २ चौका र ३ छक्कासहित ३३ रनमा अविजित रहे । बलिङतर्फ नेपालका लागि कुशल भुर्तेल ले २ विकेट लिए भने प्रतिश जिसीको भागमा एक विकेट रह्यो । नेपाल अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्