राजनीति

भारतबाट नेपाली ल्याउने नाममा कोरोना भित्र्याउन सकिंदैन- प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश ल्याउने कुरा गरेर कोरोना भित्र्याउने काम नगर्न निर्देशन दिनुभएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरुले भारतमा अलपत्र नेपालीहरुलाई के गर्ने भन्ने प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

बैठकमा मन्त्रीहरुले भारतको चण्डीगढमा मात्रै ११ सय नेपाली अलपत्र परेका छन् र उनीहरु नेपाल आउन चाहन्छन् । अन्यत्र पनि अलपत्र परेका नेपालीहरुको संख्या बढ्दो छ भन्ने विषयमा रिपोर्टिङ गरेपछि प्रधानमन्त्री ओलीले अहिले त्यहाँको अवस्था गम्भीर नभएको भन्दै लोकप्रिय कुरा गरेर नहुने बताउँदै भारतबाट कोरोना भित्रिन नदिन सीमानामा अझै कडाइ गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो १२ सय मान्छे ल्याउने निर्णय गर्दा २ हजार आउने भन्दै उनले भारतमा रहेका नेपालीहरुलाई ल्याउनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण हुने जनाउँदै सिमानामा रहेका मानिसलाई ल्याउन खोज्दा दिल्लीमा रहेका मानिसहरु पनि हिँड्न थाल्ने भएकाले अहिले नै भारतमा रहेका नेपालीको उद्धार सम्भव नभएको बताउनुभएको समाचारमा जनाइएको छ ।

सरकारले अब भारतमा समस्यामा परेका नेपालीहरुलाई त्यहीँ रहेको नेपाली दूताबासले हेर्ने गरी परराष्ट्र मार्फत निर्देशन दिइने तयारी गरेको पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.