वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितको लागि १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनायो । वेस्ट इन्डिज ‘ए’ का लागि एलिक एथानाजेले ४२ रनमा अविजित रहे भने रोस्टन चेसले ३३ रन बनाए । त्यस्तै जोनसन चार्ल्स २४ रन जोड्दा, म्याथ्फु फर्डले २३, कदिम एलियन र मार्क दयालले समान ११-११ रन बनाए ।
नेपालका लागि सोमपाल कामी र सागर ढकालले समान ३-३ विकेट लिए भने अभिनाश बोहराले १ विकेट लिए । उक्त शृङ्खलामा वेस्ट इन्डिज ३–१ ले अगाडि रहेको छ । यसअघि भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि चार विकेटको जित निकालेको थियो भने त्यसयता लगातार तीन खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले, तेस्रो खेलमा ७६ रनले र चौथो खेलमा २८ रनले पराजित गरेको थियो ।
आजको खेलमा नेपालले वेस्ट इन्डिजको ए टोलीलाई हराउँदै प्रतियोगिताको अन्त्य गर्न चाहन्छ । नेपालले टोलीमा आज दुई खेलाडीलाई परिवर्तन गरिएको छ । गुल्सन झा र ललितनारायाण राजवंशी बेन्चमा रहँदा अनिकुमार साह र सागर ढकालले मौका पाएका छन् ।
नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, ललितनारायण राजवंशी, प्रतिश जिसी, गुल्सन झा, अभिनाश बोहरा र सन्दीप जोरा छन् ।
प्रतिक्रिया राख्नुहोस्