राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण

‘सक्षम सांसद सशक्त संसद्’ भन्ने नाराका साथ सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सुरु भएको छ ।

ललितपुरको जावलाखेलमा वैशाख २६ र २७ गते सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रम तयअनुसार कार्यक्रम सञ्चालन भइरहेको छ ।

दिउँसो ११ः४५ देखि सुरु भएको प्रशिक्षणमा पार्टीका उपसभापति एवं अर्थमन्त्री स्वर्णीम वाग्ले, महामन्त्रीद्वय कबिन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्यलगायतका पार्टी पदाधिकारीसहित सांसदहरू सहभागी हुनुहुन्छ ।

प्रशिक्षण अन्तर्गत पार्टी, सरकार र सदनबीचको समन्वयकारी सम्बन्धका बारेमा महामन्त्री भूपदेव शाहले प्रशिक्षण दिने कार्यक्रम छ ।

त्यसै गरी, संसदीय समितिहरूमा सांसदहरूले खेल्नुपर्ने सक्रिय भूमिकाका विषयमा संसदीय दलका उपनेता गणेश पराजुली र संसदीय अभ्यास एवं दलीय समन्वयमा सचेतकको भूमिकाबारे सांसद निशा डाँगीले आफ्ना अनुभव र विधिहरू प्रस्तुत गर्नेछिन् ।

सचेतक क्रान्तिशिखा धितालले राजनीतिक मनोविज्ञान, व्यवहार र उच्च नैतिक आचरणका बारेमा प्रशिक्षण दिनुहुनेछ भने परराष्ट्र मन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र राजकीय मर्यादाका प्राविधिक पक्षहरूबारे जानकारी गराउनेछिन् ।

साथै, सह–महामन्त्री विपिन कुमार आचार्यले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको वैज्ञानिक रूपरेखा र पार्टीको आन्तरिक तयारीबारे कार्यपत्र प्रस्तुत गर्नेछिन् ।

दोस्रो दिनको सत्र विशेष गरी राजनीतिक आचरण, कूटनीति र आगामी निर्वाचनको तयारीमा केन्द्रित हुने छ । प्रशिक्षण कार्यक्रमको समापन सत्रमा पार्टी सभापति रवि लामिछानेले विशेष निर्देशनात्मक मन्तव्य राख्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.