राजनीति

प्रतिनिधिसभाबाट सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभाको सोमबारको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनमार्फत सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुतिका लागि राष्ट्रपति रामचन्द्र पौडेलप्रति धन्यवाद प्रस्ताव पारित गरेको छ ।

सभामुख डोलप्रसाद अर्यालले धन्यवाद प्रस्ताव प्रस्तुत गर्दा बैठकले सर्वसम्मतिले पारित गरेको थियो । दुवै सदनको संयुक्त बैठक सकिएपछि भएको प्रतिनिधिसभा बैठकले सो प्रस्ताव पारित गरेको हो । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रमको प्रति टेबुल गर्नुभएको थियो ।

सभामुख अर्यालले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा छलफलमा उठेका विषयमाथि प्रधानमन्त्रीले यही वैशाख ३० गते जवाफ दिने कार्यक्रम तय भएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा भाग लिन अर्काे बैठक अगावै नाम दिनुपर्ने र विरोधको सूचना गर्ने सदस्यले वैशाख २९ गते दिउँसो २ बजेभित्र दिइसक्नुपर्ने छ ।

बैठकमा नेकपा एमालेका गुरुप्रसाद बरालले राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संयुक्त बैठकमा प्रधानमन्त्री शाहले राष्ट्रिय पोसाक नलगाएको र संसदीय मर्यादा पालना नगरेको भनी ध्यानाकर्षण गराउनुभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही वैशाख २९ गते मङ्गलबार दिउँसो १ः०० बजे बस्नेछ । सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारबाट सुरु भएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.