जापान

शुक्रबारबाट नेपाल, भारत र पाकिस्तानबाट जापान आउन प्रतिबन्ध

कुनै विशेष कारण जापान आउनुपर्ने भएमा आवश्यकता हेरेर अनुमति दिइने

कोरोना भाइरसको नयाँ भेरियन्ट संक्रमण तीब्रगतिमा फैलिंदै गएको जापानमा संक्रमण रोक्न विभिन्न योजनाहरु बनिरहेका बेला पछिल्लो समय कोरोना संक्रमणबाट आक्रान्त नेपाल, भारत र पाकिस्तान हुँदै जापान पुग्ने विदेशीलाई प्रवेश रोक लगाउने तयारी भैरहेको छ ।

एनएचकेले जापान सरकारको सूत्रलाई हवाला दिंदै सार्वजनिक गरेको समाचार अनुसार जापान प्रवेशको १४ दिनअघि नेपाल, भारत या पाकिस्तानमा प्रवेशमा प्रतिबन्ध लगाइने अन्तिम तयारी भैरहेको छ ।

सूत्रका अनुसार सरकार जापानी समय अनुसार शुक्रबार मध्यरातिदेखि केही समयका लागि प्रतिबन्ध लगाउने योजना बनाइरहेको छ । यो प्रतिबन्ध स्थायी बसोबासको अनुमति पाएका र जापानी नागरिकका पती या पत्नी सहित सबै विदेशी नागरिकमा लागू हुनेछ ।

यद्यपि कुनै विशेष कारण जापान आउनुपर्ने भएमा आवश्यकता हेरेर अनुमति दिइनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.