आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु त्रिकोणात्मक शृङ्खलामा आज नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ९:३० बजे सुरु हुनेछ ।
सिरिजमा नेपाल, स्कटल्याण्ड र अमेरिकाको सहभागिता रहेको छ । आज नेपाल घरेलु मैदानको फाइदा उठाउँदै जित निकाल्दै सिरिजमा सुखद सुरुवात गरे योजनामा रहेको छ भने उता स्कटल्याण्ड पनि नेपाललाई उसकै मैदानमा पराजित गर्ने सुरमा रहेको छ ।
यस सिरिजमा तीन देशले एक अर्काविरुद्ध समान दुई-दुई खेल खेल्नेछन् । नेपालले अघिल्लो साता घरेलु मैदानमै खेलेको सिरजमध्ये चार खेलमा तीन जित निकालेको थियो । आज पहिलो खेल खेल्न लागेको नेपालले जेठ २ गते अमेरिका, ४ गते स्कटल्यान्ड र ८ गते अमेरिकासँग खेल्नेछ ।
आठ देश सहभागी लिग–२ मा २४ खेल केलेको नेपाल १८ अङ्कसहित सातौँ स्थानमा छ । शीर्षस्थानमा रहेको अमेरिकाले २४ खेलबाट ३६ अङ्क बनाएको छ । यस्तै दोस्रो स्थानमा रहेको स्कटल्यान्डको २८ खेलबाट ३४ अङ्क छ ।
हेड टु हेड हेर्ने हो भने नेपाल र स्कटल्याण्डले १० एकदिवसीय खेल खेलेका छन् । जसमा नेपाल ५ खेलमा विजयी हुँदा ४ खेलमा स्कटल्याण्ड विजयी भएको छ ।
नेपाली टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ शेख, विनोद भण्डारी, इशान पान्डे, नन्दन यादव, गुलशन झा, अर्जुन कुमाल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी र ललित राजवंशी ।





प्रतिक्रिया राख्नुहोस्