राजनीति

कांग्रेसभित्र कसैलाई पक्षपात हुँदैन : महामन्त्री घिमिरे

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले कसैलाई पनि पार्टीभित्र पक्षपात नहुने बताउनुभएको छ । मंगलबार चितवनमा पत्रकारहरूसँग उहाँले पार्टीभित्र परम्परागत गुट नभएको र कुनै पनि आधारमा कसैलाई पक्षपात नगरी १५औँ महाधिवेशमा जाने बताउनुभयो ।

महामन्त्री घिमिरेले भन्नुभयो, “पार्टीभित्र मतभेद देखिन्छन् । त्यसलाई सम्बोधन गर्दै सबैलाई समेट्ने कुरामा हामी तयार रहेका छौँ । पार्टीमा अवसर, भूमिका दिने र समेट्न उदारतापूर्वक सबैको राजनीतिक भविष्यलाई सुनिश्चित राख्न हामी सचेत छौँ । हाल एकढिक्का भएर १५औँ महाधिवेशनको तयारीमा लागिरहेका छौँ ।”

हालै केन्द्रीय समितिमा मनोनयन गर्ने निर्णयले पनि सबैलाई मिलाएर लैजाने कुरामा आफूहरू तयार रहेको पुष्टि गरेको उहाँको भनाइ थियो । “पार्टीमा ६०–४० को र अस्वस्थ गुटबन्दीको गुनै गुञ्जायस छैन । पार्टी सबैको साझा थलो हो भन्ने कुरा स्थापित गरेर अघि बढ्छौँ”, महामन्त्री घिमिरेले भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.